२१ कार्तिक २०८३, शनिबार

नारायणी नदीमा डुबेर बालक बेपत्ता, अवैध हतियारसहित पाण्डे पक्राउ 

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १७ असोज (रासस) । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् ।

बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थानीयवासी र प्रहरी नारायणी नदी क्षेत्रमा जुटेका छन् ।

अवैध हतियारसहित पक्राउ 

अवैध हतियारसहित पक्राउ परेका नवलपरासी, सरावल गाउँपालिका–७ गणेशपुरका ३० वर्षीय पाण्डेमाथि थप अनुसन्धान अघि बढाएको छ ।
महेशपुरबाट पूर्व जाने बाटोस्थित झरही नदी पुल नजिकैबाट सीमा प्रहरी चौकी महेशपुरको टोलीले पाण्डेलाई सोमबार साँझ पक्राउ गरेको थियो ।
पाण्डेलाई युपी ५६ आर ३४२९ न. को मोटरसाइकल होण्डा साइनसहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान जारी राखेको छ ।