२१ कार्तिक २०८३, शनिबार

बर्दियामा २३ घण्टापछि हट्यो कर्फ्यू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुलरिया, बर्दिया, १७ असोज (रासस) ।  सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ ।

आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो ।

कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।