२१ कार्तिक २०८३, शनिबार

गाली गरेपछि रिसको झोकमा छोराले गरे बाबुको हत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १७ असोज (रासस)। बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एरीलाई आफ्ना बाबु ७७ वर्षीय कमारोलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।

सोमबार बेलुकी काम नगरेको भनी आफूलाई गाली गरेपछि रिसको आवेगमा नन्दले बाबुको टाउकामा चिर्पट प्रहार गरेकामा गम्भीर घाइते भएकाले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त नन्दको मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीयवासीको भनाइ छ । नन्दलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भरतबहादुर विकले जानकारी दिनुभयो ।