२१ कार्तिक २०८३, शनिबार

राजपा नेपाल प्रदेश नम्बर ७ को प्रवक्तामा तिवारी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । राष्ट्रिय जनता पार्टी नेपालको ७ नम्बर प्रदेशको संयोजकमा अम्वादत्त तिवारी चयन भएका छन् ।

प्रदेश संयोजक एवं केन्द्रीय उपाध्यक्ष मालामती राना थारुको अध्यक्षतामा सोमबार बसेको पार्टीको प्रदेशस्तरीय बैठकले तिवारीलाई प्रवक्ताको जिम्मेवारी दिएको केन्द्रीय सदस्य फोनीराम चौधरीले जानकारी दिए ।

प्रवक्ता तोकिएका तिवारी एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

यस्तै, राजपाको प्रदेशस्तरीय बैठकले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्न जिल्लालाई निर्देशन दिएको छ । साथै निर्वाचनको तयारीमा लाग्न समेत कार्यकर्तालाई आह्वान गरेको छ ।