२ कार्तिक २०८३, सोमबार

एमाले–माओवादी सहकार्यबारे यस्तो आयो कांग्रेसको टिप्पणी, सरकार छाड्न चुनौती

22.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणले आफूले अन्यथा नलिएको टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले दुई बामपन्थी दलहरू एकीकरण हुन धेरै ढिला गरेको बताए । ‘मुलुक बामपन्थी र लोकतन्त्रवादीबीचको ध्रुबीकरणमा गएको छ’, उनले भने, ‘बामपन्थी दलहरूको शक्ति छ । यसलाई अस्वीकार गर्न मिल्दैन ।’

राजपा नेपालका नेता हृदयश त्रिपाठी एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने विषयमा पनि कुनै नौलो नरहेको टिप्पणी गरेका छन् । ‘हृदयश त्रिपाठीजी कहिल्यै डेमोक्रेट बन्न सक्नु भएन । उहाँले पहिला पनि एमाले हो । अहिले एमालेमा गएर के बिगार्नु भयो र ?’, उनले भने, ‘अहिले आएर आफ्नो बास्तविक चरित्र देखाउनु भयो ।’

नेता डा.कोइरालाले एमाले र माओवादी केन्द्र मिलेर चुनावमा गए भने त्यसको धक्का कांग्रेसलाई हुने बताए । ‘दुई ठूला बामपार्टी एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा गए भने त्यसले कांग्रेसलाई एक पटक धक्का दिन्छ’, उनले भने, ‘तर, पछि हामी एक भएर जान्छौँ । कसको कति शक्ति छ भनेर कित्ता काट हुन्छ ।’

कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले बाम एकता गर्ने हो भने माओवादी केन्द्रले सरकार छाड्नु पर्ने बताए । ‘सरकारमा पनि बस्ने । बाम एकता पनि भन्ने । कांग्रेससँग पनि सहकार्य गर्ने अबसरवादी खेल खेल्न पाइँदैन’, उनले भने, ‘एमालेसँग मिल्ने हो भने कांग्रेससँग सरकारमा बस्ने अधिकार छैन ।’