काठमाडौं, १६ असोज । भारतमा पक्राउ परेका सप्तरी तिलाठीका सीमा रक्षक देवनारायण यादवको रिहाईको माग गर्दै विद्यार्थीहरुले भारतीय दूतावास घेराउ गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु, क्रान्तिकारी लगायत संगठन सम्मिलत संयुक्त विद्यार्थी संगठनको अगुवाईमा युवा विद्यार्थीहरु लैनचौरस्थित दूतावास घेराउ गर्दै देवनारायणको गिरफ्तारीविरुद्ध विरोध प्रदर्शनसहित नाराबाजी समेत गरेका छन् ।
विद्यार्थीहरुले ‘देवनारायण यादवलाई विनाशर्त रिहा गर । भारतीय हस्तक्षेप मुर्दावाद’जस्ता नारा लगाएका थिए । विद्यार्थीको प्रदर्शनपछि दूतावासको गेटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अघिल्लो बर्ष सप्तरीको तिलाठीमा नेपालको सीमा बचाउन रगत बगाएका देवनारायणलाई भारतीय प्रहरीले भारत आएकोमा मौकामा आइतबार अपराह्न पक्राउ गरेपछि सामाजिक सञ्जालमा भारतको चर्को आलोचना भइरहेको छ ।



















प्रतिक्रिया