२१ कार्तिक २०८३, शनिबार

एमाले बाराद्वारा प्रदेश र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीको संयोजक चयन

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा,१६ असोज । नेकपा एमाले जिल्ला सचिवालय कमिटी बाराको बैठक आज जितपुरमा सम्पन्न भएको छ । बैठकले नयां संरचना अनुसार बनेका ४ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेस सभा निर्वाचन क्षेत्रको क्षेत्रिय समन्वय कमिटी गठन गरेको छ ।

जस अन्तर्गत प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर १ को संयोजकमा ढुण्डिराज उप्रेती, सह संयोजकमा गोबिन्द पौडेल, प्रदेशसभा क्षेत्रिय समन्वय कमिटी अन्तर्गत क्षेत्र नम्बर १(१) को संयोजकमा एक बहादुर श्रेष्ठ, सह संयोजकमा शिब नाराययण चौधरी, क्षेत्र नम्बर १(२) को संयोजकमा महेन्द्र जैसवाल,सह संयोजकमा रामदिनेस यादब, त्यसैगरी प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर २ को संयोजकमा बिजेन्द्र चौधरी, प्रदेस सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर २(१) को संयोजकमा दशरथ राम, क्षेत्र नम्बर २(२) को संयोजक सकल रामलाई बनाउने निर्णय गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ३ को संयोजकमा बिक्रम ठाकुर, प्रदेस सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ३(१) को संयोजकमा इश्वर ढकाल, क्षेत्र नम्बर ३(२) को संयोजकमा उसमान अंसारी, त्यसैगरी प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ४ को संयोजकमा मनोज पौडेल,सह संयोजकमा अमर यादब, प्रदेस सभा क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ४(१) को संयोजकमा कमलेस झा,सह संयोजक रमेस चौधरी क्षेत्र नम्बर ४(२) को संयोजक धर्मदेब यादबलाई बनाउने बनाउने निर्णय गरेको प्रचार बिभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।

साथै बैठकले असोज २ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा मतदान प्रक्रियामा सहभागि भई मतदान गर्नु हुने सम्पुर्ण मतदातालाई धन्यबाद ज्ञापन गर्नुका साथै नेकपा एमालेको तर्फबाट उम्मेदबार भई बिजयी बन्नुहुने सुर्यध्वजाबाहकलाई बधाई ज्ञापन गदै एमालेको पक्षमा मतदान गर्नुहुने सम्र्पुण मतदाताहरुलाई साधुबाद ब्यक्त गर्दछ ।

बैठकले वडा कमिटी र १६ वटा पालिकामा स्थानिय निर्वाचनको समिक्षा गरी १० दिन भित्र प्रतिबेदन पेसगर्न स्थानिय कमिटीलाई निर्देशन दिने निर्णय गरेको प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले स्थानियतहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गांउपालिका, नगरपालिका र उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदबार हरुको प्रशिक्षण कार्यक्रम २०७४ असोज २८ गते कलैयामा गर्ने निर्णय गरीएको छ ।
साथै बैठकले जिल्ला कमिटी सदस्य जलेखा खातुन र जिल्ला सल्लाहकार सदस्य सोहन शर्मा की ममतामयी माता नयनकुमारी शर्माको असामयिक निधन प्रति श्रदान्जली अर्पण गदै सोकसन्तब्त परीवार प्रति समबेदना ब्यक्त गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष क.सुन्दर बिकको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवम सान्सद बलबरि चौधरी,सह इन्र्चाज दिनेस राई, केन्द्रिय सल्लाहकार सदस्य अच्युत मैनाली, नेपाल खेलकुद महासंका केन्द्रिय अध्यक्ष्य एवं सान्सद पुरुषोत्तम पौडेल, प्रदेस नम्बर २ का सदस्य भरत खडका, सिता गुरुङ्ग, बिनोद साह, छठु प्रसाद यादब,बिक्रम महरा,केन्द्रिय कृषी बिभागका सदस्य पलट चौधरी, केन्द्रिय युवा तथा खेलकुद बिभागका सदस्य किसोर शर्मा, केन्द्रिय निर्वाचन बिभाग सदस्य रफिक अंसारी लगायतको उपस्थिती रहेको थियो ।