२१ कार्तिक २०८३, शनिबार

कलश विसर्जन गएकी किशोरीको खोलामा डुबेर मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा(कपिलवस्तु), १५ असोज । कलस बिसर्जन गर्ने क्रममा खोलाको पानीमा डुबेर कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महराजगञ्ज नगरपालिका ७, कुशहवाका खेमराज शुक्लाकी १८ वर्षीय छोरी रोशनी शुक्ला रहेकी छन् ।

आइतबार बिहान करीब १० बजेको समयमा कन्चनिया खोलामा दुर्गामूर्ति बिसर्जनसँगै कलश सेलाउने क्रममा किशोरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिनुभयो । मृतक किशोरीको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी नायब निरीक्षक गिरीले बताउनुभयो ।