काठमाडौं, १५ असोज । कट्टर कम्युनिष्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार झण्डै २२ वर्षपछि दशैंको टिका जमरा लगाउँदा अहिले निकै चर्चा भइरहेको छ ।
सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले नौटंकी र देखावटी भन्दै कडा शब्दमा आलोचना गरेका छन् । केहीले भने दशैं टिका लाएर नेपालीको ठूलो पर्वको सम्मान गरेको भन्दै प्रशंसा गरेका छन् । केहीले भने अब ढाका टोपी र दौरा सुरुवाल लगाउन सुझाव समेत दिएका छन् ।
प्रचण्डले २२ वर्षपछि शनिबार लाजिम्पाटस्थित निवासमा मामा ससुराको हातबाट दशैंको टीका जमरा लगाएका हुन् । त्यसपछि उनले पत्नी सीता दाहाललाई टीका लगाइदिए । सीता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् । प्रचण्डले चाँही छोराछोरी, ज्वााई बुहारी कसैलाई पनि टीका लगाइदिएनन् ।
प्रचण्डका स्वकीय सचिव एवं छोरा प्रकाश दाहालले धार्मिक पर्वको रुपमा भन्दा पनि साँस्कृतिक पर्वको रुपमा दशैं मनाइएको बताए । अघिल्ला वर्षहरु जस्तै प्रचण्डले यसवर्ष पनि पत्नी सीताबाहेक अरुलाई टीका नलगाइदिएको प्रकाशले बताए । ‘बुवाले हामीलाई आज पनि टीका लगाइदिनु भएन । ममीले लगाइदिनुभयो,’ प्रकाशले भने, ‘पहिले पनि ममीको हातबाट हामीले टीका लगाउँथ्यौं ।’
यसअघि प्रचण्डको सचिवालयले नै दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, प्रकाश दाहालले फेसबुकमा परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेपछि धेरैले यसलाई ‘नौटंकी’ भनेका हुन् ।
दशैं नै मनाउदिन भनेर फोटो सार्वजनिक गर्ने र आफ्ना छोराछोरीलाई टीका नलगाउने व्यवहारले प्रचण्डलाई धेरैले नौटंकीको संज्ञा दिएका हुन् ।
सन्दिप ढकाल फेसबुकमा लेख्छन्– ‘प्रचण्डको नौटंकी हिजो धर्म अफिम भन्दै पुजारी मार्दै हिड्ने, नारायण पोख्रेलजस्ता वाचकको हत्या गर्ने, बाउको क्रिया नगर्ने नाथे नाटक देखाएछ ।’
तारा प्रसाद पौडेल भने स्वागत गर्दै लेख्छन्– ‘यो चाहिँ दिलबाटै स्वागत, जे जे वाद मानेपनि अरुको सम्मान गर्दै आफ्नो संस्कृति छोड्न कुनै वादले भनेको छैन् ।’
दीपेश बस्नेत लेख्छन्– ‘पद र पैसाको लागि धर्मको खेती गरेपनि जिउन त आफ्नो चलिआएको परम्परा अगाल्नै पर्छ नि । अर्को कुरा सबै धर्मप्रतिको सम्मान त अहिले तपाईले सिकाउनु पर्दैन नेपालीलाई । तपाईहरुले खेदाएका राजाका दरबारबाट बार्षिक करोडौं रकम मस्जिदको लागि जान्थ्यो । रमजानमा रोजा राख्नुहुन्छ र तपाईं ? हैन भने के सम्मानको कुरा गर्नुहुन्छ ? धर्म हाम्रा लागि भगवानको आराधना गर्ने माध्यम हो । सबै उत्तिकै महत्वपूर्ण छन् । बिजयादशमीको सुभकामना कामरेडलाई ।’
प्रभास पराजुली लेख्छन्– ‘खाट्टी कम्यूनिस्ट हुँ भनेर यसपाली पनि टीका बहिस्कार गर्छू भनेर ढिन्ढोरा पिट्थ्यौ ? पहिला हतियारधारी देशद्रोही, राष्ट्र र राष्ट्रियता डुबाउने भारूराम कृष्ण महराजस्तो षडयन्त्रकारी थिए, पद र पैसा पावरको अहम् थियो । कुनै एक समुदायको लागी दशै बहिस्कार बन्यौ । अब अहिले सबैले साथ छोडे । समुदायले तिम्रो कुरा राम्ररी बुझे । पैसा पावर र पद धरासायी हुँदै गयो । एउटा ठूलो समुदाय तिम्रो विरोधीको रूपमा देखा पर्यो । यो फोटो सायद ति कुराहरू पुन प्राप्त गर्ने प्रक्रियाको एउटा असफल कोसिस हुन सक्छ कमरेड ज्यू । वाह क्या कुटनीतिक क्षमता छ हजुरको । भलै देशको लागी केहि गरेनौ तर आफ्नो राजनीतिक भबिष्यको सूनिश्चितताको लागी त निकै सिपालु छौ, माने गुरूबा तिमीलाई माने ।’
अनिल प्रसाद अधिकारी लेख्छन्– ‘आतङ्कवादीहरुमा धार्मिक बिचलन हुन्छ, रणनीतिक रुपमा टीका लगाएर लोकलाज छोप्नेकाम गरिएकोमा भर्त्सना ब्यक्त गर्दछु । बाबु आमाको किरियासम्म नगर्ने अधर्मी पापिष्ठ नरकभोग तत्पर असुरले बिजयादशमी जस्तो महान शुभ दिनमा टीका नभै कलंकको टीका लगाएको बुझ्नुपर्ने हुन्छ । हिन्दुधर्म संस्कृतिबाट च्युत भयको पतित, गौभक्ष्क राक्षसका पिछलग्गु हरुले पनि दशैलाई अपवित्र हुनेगरि नमान्न आग्रह गर्दछु ।’
लखन डंगोल लेख्छन्– ‘यसलाई भन्छन् लाज पचाएको गोरु, हिजोसम्म जंगलमा गाई काटेर खाने, आज हिन्दू भएर विजया दशमीको टीका थाप्दै र लगाइदिँदै, यो प्रचण्डको स्वभाव र यसको छोरोको श्रीमती कुनैबेला पनि परिवर्तन हुनसक्छ हैट ।’
सुरेन्द्र सुवेदी भन्छन्– ‘टीका लगाउनु भयो राम्रो छ, अब ढाका टोपी र दौरा सुरुवाल लगाउन पनि सुरुवात गर्नुस् ।’



















प्रतिक्रिया