१ कार्तिक २०८३, आइतबार

नेपाली जनप्रगतिशिल मञ्चले ओमनमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्कट । ओमन र संयुक्त राष्ट्रसंघको कार्यक्रमलाई सम्पन्न गरि औपचारिक कार्यक्रमका लागि २५ सेप्टेम्बर २०१७ को बेलुका नै ओमन आइपुगेको भ्रमण दलको टिमले विभिन्न कुटनितिक भेटघाटलाई निकै तीव्रता दिई रहेको छ ।

नेपाली राजदूतावास ओमनको प्राङ्गणमा अत्यन्तै झन्जटिलो चेक जांचको रहेता पनि सबै ओमनका स्थापित संघ सस्था संगठनहरुको विशेष उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च ओमनको र पार्टी शाखाको तर्फबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यबाहक अध्यक्ष हेम आचार्य, वरिष्ठ सल्लाहकार तुला गिरि केन्द्रिय सदस्य, प्रचारप्रसार बिभागका तथा मोनाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा नेतृत्वमा सहभागी भएको टिमले ८ बुदे ज्ञापन पत्र पेश गरेको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च ओमन र नेकपा माओवादी केन्द्र ओमन शाखाको टिमले माओवादी केन्द्रका नेता साथै मन्त्रीहरूलाई छुटै भेटघाट गरि ८ बुंदे ज्ञापन पत्र पेश गरिएको छ । भेटघाटमा माओवादी केन्द्राका हेडक्वाटर टिम सदस्य तथा नेपाल सरकारका उपप्रधान तथा परराष्ट मन्त्री कृष्ण बहादुर महरा, महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला र बिदेश बिभाग सचिव तथा परराष्ट्र मन्त्रीका स्वकीय सचिव युवराज चौलाईको उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र मन्त्रालयको एक कुना पोको पारी नराखी दिन आग्रह गर्दै कार्यबाहक अध्यक्ष हेम आचार्यको कटाक्ष्यमा मन्त्री महराले यो काम गर्ने बेला भएको र हामी काम गर्न त्यो ठाउमा रहेको भन्दै पुर्ण प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा अन्य संघ सस्थाहरु गैर आवासिय नेपाली संघ ओमन , प्रवासी मन्च ओमन, एकता समाज र बांग्लुङ समाजले पनि ज्ञापन पत्र बुजाईएको थियो । भ्रमण टोलिमा विभिन्न देशका राजदुतहरुको पनि सहभागी रहेको छ भने आज मात्रै ओमनको सहर निजवाको विभिन्न प्रयटकिय र औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरि आजै नेपाल फिर्ता प्रस्थान हुने जानकारी गराइएको छ ।