२१ कार्तिक २०८३, शनिबार

‘कलैया उपमहानगरमा एमालेलाई षडयन्त्र गरी हराइयो’

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १२ असोज । स्थानिय तह तेस्रो तहको निर्वाचन अन्तगैत कलैया उपमहानगरपालिकामा निर्वाचन आयोगले षडयन्त्रमुलक ढंगले धाधली गरीे एमालेका मेयर र उपमेयरका उम्मेदबार क्रमशः बिनोद साह र प्रतिमा यादबलाई हराइएको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले एक बिज्ञप्ति जारी गरी बताउनु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरको मतगढनाका क्रममा ठुलो स्वस्तिक चिन्हका अलाबा क्रस चिन्ह लगाएको मतपत्र समेत फेलापरेको थियो । सो को बिरोध गदै नेकपा एमाले सहितका दलले पुनःमतदानको माग गरेकोले सोमबार मतगढना स्थगित गरीएको थियो । तर निर्वाचन आयोगले मंगलबार सांझबाट नेपाली कांग्रेसको मात्र मतगढना प्रतिनिधी राखेर एकपक्षिरुपमा नेकपा एमाले सहितका दललाई बाइपास गरी मत गणना गरेर परीणाम घोषणा गरीएको प्रति एमाले बारा आपत्ति ब्यक्त गदै भत्सना गर्दछ प्रचार बिभाग प्रमुख मनोज पौडेललेद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

साथै त्यता खालका अनधिकृत चिन्ह प्रकट भएको मतपत्रले बास्तबिक जनताको अभिमतको प्रतिनित्व नभई धाधलीको गन्ध आएकोले सो वडामा पुनःमतदान गराइ निश्पक्ष र धाधलिरहीत निर्वाचनको आभास गराउन नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले निर्वाचन अयोगसंग माग गर्नु भएको छ ।