२ कार्तिक २०८३, सोमबार

चुनाव लड्न किन डराए महन्थ ठाकुर ?

22.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर चुनाव नलड्ने भएका छन् ।

यसअघि संविधानसभा चुनावमा दुबै पटक हारेका मण्डल यसपटक चुनाव नलड्ने मुडमा देखिएका हुन् । उनले पार्टीका नेताहरुलाई आफू चुनाव लड्ने पक्षमा नरहेको बताइसकेका छन् ।

ठाकुर चुनाव नलड्ने मुडमा देखिएपछि राजपाभित्र यसले तरंग उत्पन्न भएको छ । राजपाका नेताहरु दुई पक्षमा विभाजित भएका छन् । राजेन्द्र महतो लगायतका अध्यक्ष मण्डलका सदस्यहरु ठाकुरले चुनाव नलडने समानुपातिक सांसद बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष मण्डलकै सदस्य महेन्द्र राय यादवले ठाकुरसहित अध्यक्ष मण्डलका सबै नेता चुनाव लड्नुपर्ने तर्क गरिरहेका छन् । चुनावबाट भाग्दा जनतामा नराम्रो सन्देश जाने भन्दै उनले आफ्ना तर्क राखिरहेका छन् ।

राजेन्द्र महतोले यसअघि नै चुनाव लड्ने घोषणा गरिसकेका छन् भने शरतसिह भण्डारी, महेन्द्र राय यादव पनि चुनाव लड्ने तयारीमा छन् । तर, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र अनिल झा समानुपातिकमै बस्ने मुडमा छन् ।

प्रदेश नम्बर दुईको चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि पनि राजपाभित्र एकखाले तनाव देखिएको छ । पाँच वटा पार्टी मिलेर बनेको राजपालाई मधेश आन्दोलनबाटै जन्मिएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम दोस्रो बनेको छ ।