काठमाडौं, १२ असोज । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ ।
यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंगमार्फत Fund Transfer, Topup/Recharge, e-Sewa Load वा Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile)उपहार दिइने छ ।
यो योजना आश्विन ११ गतेदेखि १६ गते सम्मका लागि लागु हुनेछ र बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft InternationalPvt Ltd. को सहकार्यमा लक्की ड्र बाट हुनेछ ।















प्रतिक्रिया