२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रका सल्लाहकार र सदस्य एमालेमा प्रवेश

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १० असोज । माओवादी केन्द्रका सल्लाहकारसहित तीन सयजना एमालेमा प्रवेश गरेका छन् ।

एमाले बन्दीपुर गाउँ सङ्गठन कमिटीले मंगलबार बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आयोजना गरेको दशैं, तिहार लगायतका चाडको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटीका सल्लाहकार घनश्याम श्रेष्ठ र माओवादी केन्द्रकै जिल्ला सदस्य तथा बन्दीपुर गाउँ कार्य समितिका उपाध्यक्ष जीवन कायस्थ, वाईसियल केन्द्रीय सदस्य अङ्ग्रजी श्रेष्ठ, तमु मुक्ति मोर्चाका केन्द्रीय सदस्य डम्बर गुरुङ सहितका तीन सय जना एमालेमा प्रवेश गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ४ का प्रमुख किरण गुरुङले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभयो । नेकपा माओवादीले व्यबस्थापन गर्न नसेकेका कारण कार्यकर्ता पोल्टाबाट भूईमा खसेको भन्दै एमाले स्थायी कमिटी सदस्य गुरुङले माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको बताउनुभयो । माओवादी खहरे खोला भएकोले केही क्षण शक्तिमा आएको गुरुङको भनाइ थियो ।

विदेशी शक्तिको आडमा नेपाली काँग्रेस र माओवादी केन्द्रको सरकार बनेको आरोप लगाउँदै गुरुङले माओवादी केन्द्र वैचारिक हिसाबले स्खलन भई शक्ति र पद प्राप्तिमा लागेको बताउनु भयो । उहाँले आगामी चुनावमा ४ नम्बर प्रदेशसहित देशभर एमाले पहिलो पार्टी हुने उद्घोष पनि गर्नुभयो ।

नेकपा एमाले सचिवालय सदस्य तथा बन्दीपुर गाउँ सङ्गठन कमिटीका इन्चार्ज इन्द्रबहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य पीएल श्रेष्ठ, एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एकबहादुर राना, केन्द्रीय लेखा आयोगका सदस्य विद्यानाथ ढकाल, जिल्ला अध्यक्ष केदार सिग्देल, जिल्ला सचिव भगवती न्यौपाने लगायतले जनतामा एमालेप्रतिको आकर्षण बढेकाले प्रवेश गर्नेहरुको संख्या बढेको बताउनुभयो ।