४ कार्तिक २०८३, बुधबार

एनबी ईन्सुरेन्सको २०औं बार्षिक साधारणसभा सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको २०औं बार्षिक साधारण सभा मंगलबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भयो ।

साधारण सभामा संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले देशभर प्रधान कार्यालयसहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेकोमा चालु आ.ब.मा थप १९ स्थानमा शाखा तथा सम्पर्क कार्यालय विस्तार गरी ७ वटै प्रदेशका विभिन्न स्थानबाट शाखा, सम्पर्क कार्यालय तथा सेवा काउण्टर गरी ५१ स्थानबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्ने जानकारी गराउनुभयो ।

आ.ब. २०७३।०७४ को बार्षिक साधारण सभा सबैभन्दा सम्पन्न गर्ने पहिलो कम्पनी भएकोमा खुशी व्यक्त गर्दै ग्राहकमहानुभाव, शेयरधनी महानुभाव, संचालकहरु, पूर्व संचालक, संस्थापक शेयरधनीहरु, नियमनकारी निकाय, व्यवस्थापन समूह लगायत सम्पूर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो ।

गत आ.ब.को साधारण सभाबाट पारित भए वमोजिम १ः१ को अनुपातमा हकप्रद शेयर निस्काशन गरी कम्पनीको चुक्ता पूंजी रु.५४ करोड पु¥याएको र आजको साधारण सभाबाट १०ः८ (दश शेयर बराबर आठ शेयर) अनुपातको हकप्रद शेयर पारित भए वमोजिम कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने व्यहोरा समेत जानकारी गराउनु भयो । नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दिर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडी बढि रहेको समेत सभालाई जानकारी गराउनु भयो ।

राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडी बढाउने क्रममा जनकपुर, बर्दिवास, ओखलढुंगा र सोलुखुम्बुको सल्लेरी स्थित शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको र देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको बारेमा पनि शेयरधनी महानुभावहरुलाई जानकारी गराउनु भयो ।

कम्पनीको नाम र लोगो परिवर्तन सम्बन्धि प्रस्तावलाई सभाले कर्तलध्वनीका साथ स्वीकृत गरे वमोजिम कम्पनीको नाम आईएमई जनरल इन्स्योरेन्स लिमिटेड राख्न र सो सम्बन्धमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गरेकोमा शेयरधनी महानुभावहरुलाई धन्यवाद दिंदै स्वीकृतीको लागि श्री कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्ने व्यहोरा जानकारी गराउनु भयो ।

सभामा अध्यक्षज्यूले कम्पनीले चालु आ.ब.को आश्विन ७ गतेसम्ममा करिब रु.१४ करोड प्रिमियम संकलन गरी लगानीमा रु.७३ करोड ६७ लाख पु¥याउन सक्षम भएको पनि सभालाई जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले कम्पनीको २०औं बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिनुहुने हाम्रा आदरणीय शेयरधनी महानुभावहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकाय, बीमा समिति लगायत नियमक निकायहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।