४ कार्तिक २०८३, बुधबार

यती एयरलान्सको साथमा दिगो विकास योजनाले नयाँ उचाईँ प्राप्त गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । यती एअरलाइन्स डोमेस्टिक प्रालि (निजी क्षेत्रको आन्तरिक एअरलाइनर) ले भरखरै भित्र्याएको आफ्ना एटीआरहरुमा दिगो विकास योजना (एसडीजी) ब्राण्डिङ गरे संगै ग्लोबल गोल्सले नेपालमा नयाँ उचाइ पाउन थालेको छ ।

नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एअरलाइन्सको सहकार्यमा एसडीजी ब्राण्डेड रोलआउट आज काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थल मार्फत सार्वजनिक गरिएको हो । एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक गर्न आयोजित कार्यक्रममा यती एअरलाइन्स प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राई र यूएनका तर्फबाट यूएनडीपी कन्ट्रि डिरेक्टर रेनोउड मेयरको उपस्थिती रहेको थियो ।

‘निजी क्षेत्रसंगको सहकार्यमा दिगो विकास योजनाले वास्तवमै राम्रो उचाइ लिन सक्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । नेपाली आकासमा कसरी विश्वकै ठूला चुनौतीको सामना गर्न सकिन्छ भन्ने सन्देश फैलाउँदै उडेका विमान देख्दा वास्तवमै खुशीको आभाष हुन्छ ।’ एसडीजी ब्राण्डेड रोलआउट सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मेयरले भने ,‘हामीले नेपालमा यूनाइडेट नेशन्सले घरेलु ब्यवसायलाई कसरी अझ जिम्मेवार र एसडीजी मैत्री बनाउन सक्छौँ भनी विभिन्न कोणबाट अध्ययन गरिरहेका छौँ । यतीको साथमा हामी चाँडै नै सन् २०३० सम्ममा नेपाललाई ग्लोबल गोल्स प्राप्त गर्न सहयोग पुग्ने थप नयाँ संयुक्त प्रयासहरु लागू हुनेमा आशावादी छौँ ।’

एसडीजी ब्राण्डेड विमान, सटल बस, एसडीजी लिफलेट्स, एअरलाइन्सको आधिकारिक वेभसाइटमा समाहित डोनेट नाउ लिङ्क, बोर्डिङ पासको ब्राण्डिङ तथा सामाजिक सञ्जालमा सञ्चालित क्याम्पेन्स मार्फत एअरलाइन्सले हजारौँ मानिस माझ ग्लोबल गोल्स सम्बन्धित सटिक तथा प्रयोगात्मक सन्देश पु¥याउने आशा गरिएको छ ।

‘एटीआर ७२–५०० विमानमा गरिएको यूएन एसडीजीको ब्राण्डिङले यती एअरलाइन्स नेपालको विकासका लागि हरदम प्रयासरतरहेको र आफ्नो प्रयास हरसम्भव तरिकाले जारी राख्ने प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।’, कार्यक्रममै बोल्दै प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले भने, ‘यस्तो कार्यमा सहकार्य गर्ने अवसर प्रदान गरेकामा हामी यूनाइटेड नेशन्स प्रति आभारी छौँ ।’