– भरत प्रधान
लिस्बन (पोर्चुगल) २५, सेप्टेम्बर । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले सोमबार अध्यागमन कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका छन् । पोर्चुगल सरकारले बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दैराजधानी लिस्बन स्थित मार्केसपोम्बलमा रहेको अध्यागमन कार्यालय (सेफ) अगाडी बिरोध प्रर्दशन गरेका हुन् ।
आप्रवासीहरुको हक हित र अधिकारका लागि काम गर्ने यहाँको एक गैर सरकारी सँस्थाको संयोजनमानेपाल, ब्राजिल, भारत, बङ्लादेश, अंगोला लगायत बिभिन्न देशका आप्रवासीहरुले प्ले कार्ड र ब्यानर सहित आप्रवासी अधिकारको माग गर्दै नाराबाजी गरेका थिए । सबै खालका कागजी प्रकृयामा सहज ब्यबस्था लागु गर्नुपर्ने, आप्रवासीहरुलाई सहज रुपमा आवास अनुमति प्रदान गर्नुपर्ने र आप्रवासीहरुलाई देश छोड्न बाध्य पार्न नहुने लगायतका माग गर्दै प्रर्दशन गरेका हुन् ।
नयाँ ब्यबस्था लागु गरिएको बाहनामा पूरानै प्रकृयालाई दोहो-याएर आप्रवासीलाई बैधानिकता प्रदान गर्न ढिलाई गरिएकोप्रति खबरदारी गर्नका लागि बिरोध प्रदर्शन गरिएको गैर आवासीय नेपाली सँघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभयो ।
पछिल्लो समय पोर्चुगलमा आप्रवासीको संख्या बढ्न थालेपछि यहांको अध्यागमनले कडाई गर्दै आएको छ । यसअघि निश्चित प्रकृया पूरा भए पश्चात आप्रवासीहरुलाई सहज रुपमा दिदै आएको आवास अनुमतीमा पछिल्लो समय कडाई गर्दै आएको छ ।
यहां रहेका आप्रवासीहरुले आप्रवासी अधिकारका लागि पटक पटक दबाबमूलकआन्दालेलन गर्दै आएका छन् । यसअघि पनि यहाँ रहेका आप्रवासीहरुले पोर्चुगलको सँसद भवन अगाडी बिरोध प्रर्दशन गरेका थिए । आप्रवासीहरुको माग सम्बन्धी यहांका स्थानिय सञ्चार माध्यमले समेत बिशेष प्राथमिकता दिएका कारण केही सहज हुने अपेक्षा गरिएको छ ।पोर्चुगलमा झण्डै २० हजार नेपालीहरु रहेको अनुमान छ ।
















प्रतिक्रिया