४ कार्तिक २०८३, बुधबार

एन आई सी एशिया बैंकद्वारा ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । एन आई सी एशिया बैंकले स्यूचाटार, काठमाडौंस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु (खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो देश भरी फैलिएको १२५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी गराउँदै भविष्यमा पनि यसरी नै निरन्तर रुपमा सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।