काठमाडौं, १० असोज । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो चरणको उत्सवको उमंग योजनाअन्तर्गत हरेक दिनएक जना भाग्यशाली विजेताको छनौट गर्दै आएको छ । “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग” योजना १ सेप्टेम्बर २०१७ देखि लागूभई सेप्टेम्बर १८ तारिखमा समाप्त हुने छ ।
सामसङ इलेक्ट्रोन्किसले हालसम्म १९ जनाविजेताको छनौट गरिसकेको छ । विजेताहरुलाई बधाई ज्ञापन गर्दै सहभागीहरुलाई धन्यवाद समेत प्रदानगर्दै आएको छ ।
यस योजनामाअवधिभर अर्थात् योजना समाप्तहुँदा ३५ भाग्यशालीविजेताको छनौट गरिनेछ र वहाँहरुले सामसङ होम अप्लाइन्सका एक सेट समानआफ्ना घर लैजानुहुने छ ।
यस योजनामा सहभागी हुन ग्राहकले खरिद गर्नुभएको नयाँ सामसङ4G स्मार्ट फोनमा भएको ११ डिजिटको सिरियल नम्बरलाई ३७७२२ मा एस एम एस पठाई दर्ता गर्नु पर्दछ । एस एम पठाउँदा मोबाइलको मेसेजमागई SAMSUNG टाइप गरी स्पेस दिई नयाँ 4G न्मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एस एम एस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एस एम एस बाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ ।
लक्की ड्र को प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungMobileNP मा भाद्र २१ गते देखि वेलुकाको ठीक ५ बजे प्रत्यक्षप्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त १००० वा १०० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।
















प्रतिक्रिया