काठमाडौं, ९ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ११ औं वार्षिक साधारण सभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न भएको छ ।
यस अवसरमा २०७४ असार मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३–७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँड हिसाब, नगदप्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३–७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करिब १६.८५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने भएको छ । यस आर्थिक वर्ष २०७३–७४ को अन्त्यमा बैकको चुक्तापूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयरवितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।
आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६ । (बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्ति हालको चुक्तापुँजीको करिब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३ । (नगद लाभांश एघारांै साधारण सभाले पारित गरेको छ । उक्त साधारण सभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिब ३ लाख ५० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
सभाका अध्यक्ष बालकृष्ण प्रसाईंले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउनुभयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्तहुनेमा आशा प्रकट गर्नुभयो ।
















प्रतिक्रिया