१ कार्तिक २०८३, आइतबार

दैनिक दुई करोडको खसीबोका बिक्री, ८ हजार भारतीय खसीबोका नेपाल भित्रिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ९ असोज । चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडाँैं पठाउने गरिएको छ ।

घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दशैंँको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ ।

स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडाँैंलगायत देशका अन्य शहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् ।

चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौंँ पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताउनुभयो । “माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

विगत लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडाँैंमा खसीबोकाको व्यापार गर्दैआएका छन् । दशैँंका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताउनुभयो ।

यहाँबाट बाबरी, जमुना पारी र स्थानीय जातका खसीबोका काठमाडौँ पठाउने गरिएको छ । एउटा ट्रकमा २५० देखि ३०० सम्म खसीबोका पठाउने गरिएको उहाँको भनाइ छ । कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि हालसम्म करिब आठ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन् ।