२१ कार्तिक २०८३, शनिबार

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

नुवाकोट, ९ असोज (रासस) । दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन् ।

व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार खुद्रा सामग्रीको व्यापार गर्ने गरेका रेग्मी उधारो रकम उठाउन केही दिनअघि नुवाकोटमा आएका थिए । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।