४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकले घर कर्जा योजना ल्यायो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु-याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ ।

बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ग्राहकहरु सामु ल्याएको हो ।

यस योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरूले सम्पूर्ण कागजातहरु पेश गरेको ३ दिनभित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ ।

घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सूचना लगायतका कुनै पनि दस्तुर÷शुल्क लाग्ने छैन ।
साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा एसडब्लुएपी गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ ।

यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन गरिने छैन ।