४ कार्तिक २०८३, बुधबार

गण्डकी विकास बैंक ‘वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । गण्डकी विकास बैंक लिमिटेड ‘वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ ।

न्यू विजिनेश एज प्रा.लि द्घारा आयोजित चौथो न्यू बीग कन्क्लेभ एण्ड अवार्ड २०१७ मा गण्डकी विकास बैक ‘वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डवाट सम्मानित भएको हो । उक्त अवार्ड काठमाडौमा भएको एक भव्य समारोह विच वैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्रहण गर्नु भएको थियो । यसअघि सविकको फेवा फाइनान्स लिं (हाल गण्डकी विकास वैकमा गाभिएको) पनि वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द इयर २०१३ बाट सम्मानित भएको थियो । गण्डकी विकास बैकमा गाभिएका सविकका फेवा फाइनान्स लिमिटेड, विश्व विकास बैंक लिमिटेड र गण्डकी विकास वैक लिमिटेड उत्कृष्ट वित्तीय संस्थाको रुपमा स्थापित थिए ।

गण्डकी विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ मा संचालन मुनाफा रु. ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा तर्फ रु.१६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस, मोबाइल बैकिङ्ग, आस्बा, इसीसी–आईपीएस सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिटेन्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।