४ कार्तिक २०८३, बुधबार

एनसीसी बैंकको नयाँ शाखा काठमाडौंको सिमलटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आइतबार काठमाडौं महानगरपालिका, वडा नं. ६, रामहिटी (सिमलटार)मा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गर्नुभयो ।

उक्त समुद्घाटन समारोहमा प्रमुख अतिथि काठमाडौं महानगरपालिका, वडा नं. ६ का वडाअध्यक्ष दीपेन्द्र कुमार लामा, अतिथिहरु श्रीमती कर्मा लामा, प्रा. डा. लक्ष्मीप्रसाद पन्थी, प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठ, डा. मञ्जु मिश्र लगायतले आफ्नो मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

उक्त समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराउनुभयो ।

बैंक संचालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

यसअघि शुक्रवार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको थियो ।