२ कार्तिक २०८३, सोमबार

राजपाका सहमहामन्त्री धुम्वाराही पुगेर एमालेमा प्रवेश, ओलीले के भने ?

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईको मतपरिणाम आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री मिर्जा अल्साद बेग नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला सहमहामन्त्री बेग आफ्ना सहयोगीसहित आइतबार केन्द्रीय कार्यालय धुम्बाराही पुगेर एमाले प्रवेश गरेका हुन् ।

बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।

यसअघि हिजोमात्रै गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंह लगायत युवाहरु एमाले प्रवेश गरेका थिए ।

ओलीले भने- मधेसमा हाम्रो जनमत घटेको छैन्

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले मधेसमा एमालेको मत नघटेको टिप्पणी गरे । ‘सत्तापक्षको धाँधली र चार पार्टीको अघोषित गठबन्धनले केही ठाउँमा प्राविधिक रुपमा हारियो,’ ओलीले भने– ‘यद्यपी जनमतका हिसाबले मधेसमा एमालेको मत बढेको छ । धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेको छ । गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएका हुन् ।’

२ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश नहुन नेता कार्यकर्तालाई आह्वान गर्दै अध्यक्ष ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको स्पष्ट पारे । एमालेले मधेसमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने ओलीको भनाई थियो ।