लहान, ६ असोज । दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव लडेको सिरहामा नेकपा एमालेले गाउँपालिकामा जित हासिल गरेको छ ।
यहाँको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । राजपालाई हराउँदै नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित भए ।
रामशरणले १६५६ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले एक हजार ४७८ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा एमालेकी गुलावदेवीले १८५५ मत प्राप्त गरिन् ।
















प्रतिक्रिया