२ कार्तिक २०८३, सोमबार

एमालेको ‘किल्ला’ चन्द्रपुर नगरपालिकामा यस्तो आयो नतिजा

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौर, ६ असोज । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी मेयरमा निर्वाचित भएका छन् ।

उनले निकतम प्रतिद्वन्द्वी एमालेका उद्व रेग्मीलाई पराजित गरेको हो । त्यस्तै उपमेयरमा एमालेका रामरती चौधरी निर्वाचित भएकी छन् ।

उनले निकतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मी बराललाई पराजित गरेकी हुन् । चन्द्रपुर नगरपालिका एमालेको किल्लाका रुपमा लिइएको थियो । यो नगरपालिकामा कांग्रेसको जितसँगै एमालेको पकड अन्त्य भएको छ ।

औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत कमलराज भण्डारीले जानकारी दिए ।

देवाही गोनाही नगरपालिकामा संघीय समाजवादीका धर्मेन्द्र पटेलमा मेयरमा निर्वाचित भएका छन् । उनले ३ हजार २ सय ५५ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रेमलाल शाहले ३ हजार ५० मत ल्याए । उपमेयरमा भने माओवादी केन्द्रकी परणिया देवी विजयी भएकी छन् ।