चन्द्रौटा, ६ असोज । कपिलवस्तुको शिवराज नपा ५, चन्द्रौटामा नयाँ व्यवस्थापनका साथ “शिवराज रेष्टुरेन्ट” नामक सुविधासम्पन्न होटल विहीबारदेखि शुरु भएको छ ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी चौधरीले रीबन काटेर रेष्टुरेन्टको उद्घाटनपछि होटलले आफ्नो सेवा शुभारम्भ गरेको हो । प्रमुख उपप्रमुखले पानसमा बत्ती बाल्दै स्वच्छ, सफा र गुणस्तरमा सधैं ख्याल गर्दै होटल संचालन गर्न सुझाव दिएका थिए ।
होटल उद्घाटनसँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको टोलीले सबैभन्दा पहिले भोजन ग्रहण गरे । पर्यटन प्रवर्द्धनलाई दृष्टिगत गर्दै होटल संचालनमा ल्याएको संचालक राकेश रायमाझीले जानकारी दिए ।
मानव स्वास्थ्यलाई मध्यनजर गर्दै होटलको व्यवस्थापन, सरसफाई र खानाको गुणस्तरलाई विशेष ध्यानमा राखी होटल संचालन गरिएको रायमाझीको भनाई छ ।
चन्द्रौटास्थित वडा प्रहरी कार्यालय अगाडि संचालन भएको होटलको भित्र निकै आकर्षक, एसी जडिट हल, क्याबिन, भान्साकोठाको व्यवस्थान गरिएको छ ।
होटलमा नेपाली, इन्डियन, चाइनिज खानाका साथै तन्दुरी खानाको समेत व्यवस्था गरिएको छ । स्वच्छ, सफा, ताजा तथा गुणस्तरीय खानाका लागि अनुभवि कुक्स तथा वेटर रहेका छन् ।
















प्रतिक्रिया