१ कार्तिक २०८३, आइतबार

नेपाल-युके तेक्वान्दो टोलीलाई २१ पदक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ असोज । इङल्यान्डको म्यान्चेस्टर सिटीमा सम्पन्न ब्रिटिस नेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाल युके तेक्वान्दो टोलीले २१ पदक जितेको छ ।

सगरमाथा तेक्वान्दो डोजाङ (एसटीकेडीडी) र जेन मार्सल आर्ट एकेडेमी (जेडएमएए) का खेलाडी मिलाएर बनेको नेपाल युके तेक्वान्दो टोलीले ३ स्वर्ण, ४ रजत र १४ कांस्य गरी जम्मा २१ पदक जितेको एसटीकेडीडीका संस्थापक अध्यक्ष राष्ट्र राईले जनाएका छन् ।

विभिन्न ६५ क्लबका १ हजार १ सय खेलाडी सहभागी इङल्यान्डको प्रतिष्ठित ब्रिटिस नेसनल तेक्वान्दो प्रतियोगितामा नेपाल युके तेक्वान्दो टोली समग्रमा सातौं स्थानमा रह्यो । एसटीकेडीडी र जेडएमएएबाट जम्मा ३७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नोभिसतर्फ पुरुष ६१ केजीमुनि रितेश राणा, ५७ केजीमुनि प्रशन लिम्बू र ६५ केजीमुनि सफल गुरुङले टोलीलाई स्वर्ण दिलाए । नोभिसमै पुरुष ७४ केजीमुनि मेट गाइल्स, ७४ केजीमाथि रोनित गुरुङ र ६४ केजीमुनि भबस दर्लामी तथा महिला २६ केजीमाथि जियाना लिम्बूले रजत जिते ।

त्यसैगरी, पुरुष ६८ केजीमुनि सुसाङ लिम्बू, ७८ केजीमाथि अमिर गौच र प्रेम राणा, ७८ केजीमुनि सिर्जक गुरुङ, ६८ केजीमुनि विमित राई, ५७ केजीमुनि निश्चल थापा तथा महिला ५१ केजीमुनि यस्मिन सर्तुङ्गी, ४० केजीमुनि प्रमिशा राणा र ५२ केजीमुनि विपासना गुरुङले नोभिसतर्फ कांस्य जिते ।

एडभान्सको पुरुष ४५ केजीमुनि रियाज राई तथा महिला ४४ केजीमुनि एलिशा राई, ४९ केजीमुनि अस्मिता राई, ४६ केजीमुनि निकिता गुरुङ र ५९ केजीमुनि औश्मा गुरुङले नेपाल युके तेक्वान्दो टोलीलाई कांस्य दिलाए ।

एसटीकेडीडीका अध्यक्ष राईले इङल्यान्डकै प्रतिष्ठित प्रतियोगिताका रुपमा रहेको ब्रिटिस नेसनल तेक्वान्दोमा खेलाडीको प्रदर्शन तारिफ योग्य भएको बताउदै आगामी जनवरीमा नेपालमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को तयारीमा जुट्ने बताए ।

२०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईओएफटीसीको ११ औं संस्करणमा राईले नेतृत्व गरेको टोलीले टिम च्याम्पियनको उपाधि जितेको थियो । राईकै सक्रिएतामा हाल झापाको दमकमा सगरमाथा बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ ।