२ कार्तिक २०८३, सोमबार

पछिल्लो चुनावी नतिजाः एमालेलाई उछिन्यो कांग्रेसले, कहाँ को विजयी ? (हेर्नुस् सूची)

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले पुनः अग्रता लिएको छ ।

जारी मतगणनामा अहिलेसम्म १६ तहको नतिजामध्ये कांग्रेसले ६ स्थानीय तहमा जित हात पारेको छ भने ३७ वटामा अग्रता लिएको छ ।

त्यस्तै, नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हासिल गर्दै १५ स्थानीय तहमा अग्रता लिइ दोस्रो स्थानमा छन् । यसअघि एमालेले कांग्रेसलाई उछिनेको थियो ।

पछिल्लो नतिजाअनुसार माओवादी केन्द्र, समाजवादी फोरम र फोरम लोकतान्त्रिकले समान २–२ स्थानमा विजयी भएका छन् । राजपाले पनि २ स्थानमा जित हासिल गरेको छ ।

कहाँ को विजयी ?

कांग्रेस

  1. धनुषा, औरही गाउँपालिका:ब्रह्मदेव यादव (२५६९)
  2. सिरहा, नवराजपुर गाउँपालिका विश्वमोहन प्रसाद यादव २३०३
  3. धनुषा, जनक नन्दनी गाउँपालिका:अब्दुल बारिक शेख(२७१७)
  4. सप्तरी, विष्णुपुर गाउँपालिका:निलाम्बर यादव(२१५५)
  5. रौतहट, परोहा नगरपालिका:शेख वकिल(६४००)
  6. सर्लाही, धनकौल गाउँपालिका:राम आश्रय साह(४५२१)

एमाले

  1. सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा(४३६१ )
  2. पर्सा, पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी(२९५७)
  3. धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव(३५४०)
  4. धनुषा, बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत(२३७७)

माओवादी केन्द्र

  1. सिरहा,कर्जन्हा नगरपालिका:गंगा पासवान (४३०९)
  2. सिरहा,अर्नमा गाउँपालिका: ठकु महतो कोइरी(२४३६)

फोरम लोकतान्त्रिक

  1. रौतहट,ईशानाथ नगरपालिका: सन्तोष मेहता(५७८५)
  2. सर्लाही,विष्णु गाउँपालिका:जवाहरलाल यादव(१९४६)

संघीय समाजवादी फोरम

  1. सिरहा,विष्णुपुर गाउँपालिका:जागेश्वर यादव(१९४०)
  2. सिरहा,भगवानपुर गाउँपालिका:बेचनप्रसाद यादव(३०५८)

राजपा

  1. धनुषा, हंसपुर नगरपालिका:रामज्ञान मण्डल (३३२०)
  2. सर्लाही, कौडेना गाउँपालिका: रामप्रसाद राय यादव(३२४४)