काठमाडौं, ५ असोज । नेपालीहरूको महान चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुलाई एटिएमबाट पैसा मात्र नझिकी सिधै बिक्री केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको बिकास गराउने उद्देश्यले १० प्रतिशत नगद फिर्ता योजनाको घोषणा गरेको छ ।
यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरीक भिसा डेविट वाक्रेडिट कार्ड नेपालभित्रकाविभिन्न रेष्टुरेन्ट तथाबिक्रिकेन्द्रहरुबाट सर–सामानखरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतिशत नगद आ–आफ्नो खातामा फिर्ता पाउँने छन् ।
साथै यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एकपटकमा कम्तीमा रु ५०० सम्मको सामान खरिद गर्नुपर्ने हुन्छ भने कार्डबाहकले प्रत्येक दिन रु १००० सम्म मात्र नगद फिर्ता पाउने छन् ।
इो योजनाबाट सेन्चुरी बैंक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मीविकास बैंक लि., मेगा बैंक नेपाल लि., एनसिसि बैंक लि., नेपालइन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वितहुन सक्नेछन् ।















प्रतिक्रिया