१ कार्तिक २०८३, आइतबार

हिमालयन हाइड्रो एक्स्पो २०१८ पुस तेस्रो साता हुने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल  र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमाहिमालयन हाइड्रो एक्स्पो २०१८ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएका छन् ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

नेपाल टनेलिङ एशोसिएशन, नेपाल जर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ । यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्रउर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा बिदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेको बताए ।

एक्सपो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा १ वर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय वर्षमा १ हजार मेगावाट बिधुत उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनिक प्रबिधीलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधीबाट बिधुत उत्पादन गरे मात्र सस्तो हुने बताए ।

पत्रकार सम्मेलनमा हाइड्रो पावर डेभलपर्स, उत्पादक, हाइड्रो पावरका एक्सपर्ट र एक्सपो आयोजकको उपस्थिती रहेको थियो ।
आगामी पौष २१ गते देखि २३ गतेसम्म सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।