१ कार्तिक २०८३, आइतबार

टेक्ससको समुद्रि बाढीमा सहयोग गदै नेपाली युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोक्सास । अगष्टमा आएको समुन्द्री आँधिबेरी र बाढीले क्षति पु-याएको अमेरिकाको टेक्सस राज्यको ह्युप्टन र रकपोर्टमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक, युथ फर ह्युमन राइट्सका लागि राष्ट्रिय प्रतिनिधि तथा भोलुन्टर मिनिस्टर नेपालका महासचिव गुणराज प्याकुरेल मानविय सहयोगमा जुटिरहेका छन ।

युथ फर ह्युमन राइट्सको १४ औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि संयुक्त राज्य अमेरिका गएका प्याकुरेलले १४ दिनसम्म क्षतिग्रस्त स्थानमा गई सहयोग गरेका हुन ।

सो राहत तथा उद्दार कार्यमा मेक्सिको टोपेज साइन्ट्रोलोजी भोलुन्टर मिनिस्टरका स्वयंसेवी, कोलम्वियाका सिनेट तथा सयौं स्वयंसेवीहरुमा प्याकुरेल नेपालबाट सहभागी एक मात्र स्वयंसेवी हुन । बाढिले क्षति पु-याएका स्थानमा खाना, लत्ताकपडा वाढ्नुका साथै सरसफाईसमेत गरिएको प्याकुरेलले बताएका छन ।

यस अघि सन २०१२ मा भारतको ब्रम्हपुत्रको किनार आसाम, २०१३ मा फिलिपिन्स, २०१५ मा भारतको चेन्नाई, २०१५ मा नेपालको महाविनाशकारी भुकम्प, २०१७ मा बङ्गलादेशको बाढि पहिरोमा मानविय सहयोग गरेका उनले यो बर्ष संयुक्त राज्य अमेरीकाको टेक्ससमा स्वयंसेवीका रुपमा सहयोग गरिरहेका छन ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा अगस्ट २४ को दिन युथ फर ह्युमन राइट्स इन्टरनेशनलले बिभिन्न समयमा प्रकृतीक प्रकोपमा उद्दार कार्यमा सहयोग गरेवापत, मानव अधिकारको शिक्षालाई प्रचार प्रसार गरेको र नेपाल स्काउट परिवर्तनको लागी २१ दिन गरेको अनशनको लागी २०१७ को इन्टरनेशनल ह्युमन राइट्स अवार्डबाट पुरस्कृत गरिसकेको छ ।

प्याकुरेल रोटरी क्लब अफ राजधानीको सदस्य, कर्ण सकारात्मक कोषको संस्थापक सचिव, प्याक्स अर्थ नेपालका उपाध्यक्ष, शुभारम्भ युवा क्लबको संस्थापक अध्यक्ष र हाल सल्लाकार हुनुहुन्छ ।

मानवीय सहायतामा जुटिरहेका प्याकुरेलले यही अक्टोवर २ मा नेपाल फर्कने बताए ।