१ कार्तिक २०८३, आइतबार

संयुक्त नेपाली मोर्चा युरोपको अध्यक्षमा डा. अर्याल सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लिस्बन । नयाँ नेतृत्व चयन गर्दै माओवादी केन्द्र निकट संयुक्त नेपाली मोर्चा युरोपको चौथों अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले नर्वे निवासी डा. कृष्ण अर्यालको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि २२ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । ३ उपाध्यक्षमा राममणि रिजाल (बेलायत), अच्युत फुयाल (स्विजरल्याण्ड) र कृष्ण पौडेल (बेल्जियम) रहेका छन् ।

मोर्चाको महासचिबमा गंगा प्रसाद भुसाल (स्पेन) चयन भएका छन् । अधिबेशनले ३ सचिबमा मान बहादुर गुरुङ (बेलायत), कृष्णहरि कँडेल (स्पेन) र समिर अधिकारी (पोर्चुगल) लाई निर्बिरोध चयन गरेको छ ।

यस्तै कोषाध्यक्षमा खड्ग बुढाथोकी (पोर्चुगल) रहेका छन् भने मोर्चाको प्रबक्तामा दर्शन आचार्य (स्विजरल्याण्ड) लाई चयन गरेको छ ।

अधिबेशनले कार्यसमिति सदस्यहरुमा क्रमश प्रकाश पौडेल (बेल्जियम), बलमान ओली (नर्बे), कल्पना मगर (बेल्जियम), गंगा शर्मा (बेल्जियम), जितेन्द्र रायमाझी (चेक रिपब्लिक), महेश कुमार खाती (डेनमार्क), प्रकाश शर्मा (जर्मनी), सुशीला खतिवडा (बेल्जियम), निर्मला बजगाईँ (बेल्जियम), मिनु श्रेष्ठ (बेलायत), रुपक श्रेष्ठ (पोर्चुगल) र (रन्जित राना (इटाली) लाई सर्वसम्मत चयन गरेको हो ।

नवनिर्बाचित कार्यसमितिले ३ सदस्य पछि थप गर्ने मोर्चाले जनाएको छ । अधिबेशन मोर्चाका युरोप संयोजक सुरेन्द्र भुषालको अध्यक्षता तथा पूर्व आपूर्तिमन्त्री एवं नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य गणेशमान पुनको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।