१ कार्तिक २०८३, आइतबार

चुनावको एक महिना नबित्दै एनआरएन अमेरिकामा बबण्डर: अध्यक्ष पौडेललाई थापाको ‘च्यालेन्ज’

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । निर्वाचनमार्फत नयाँ कार्य समिति चयन भएको एक महिना नबित्दै एनआरएन अमेरिकामा किचलो सुरु भएको छ ।

एनआरएनको विश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि गठित समितिमा अध्यक्ष डा. केशव पौडेलले मनोमानी गरेको भन्दै कार्य समिति सदस्य सञ्जय थापाले आपत्ति जनाएका छन् । एनआरएनको बैठकले ७ सदस्यीय छनौट समिति गठन गरेकोमा अध्यक्ष डा. पौडेलले इमेलमार्फत दुईजना व्यक्ति थप गरेर पठाएपछि विवाद निस्केको हो ।

‘संस्थागत बैठक र छलफलहरुमार्फत भएका निर्णय आफूलाई चित्त बुझेपनि नबुझेपनि मान्नु हाम्रो धर्म हो भन्ने सत्यको अनुशरण गर्दै निर्णयहरुको कार्यान्वयनमा जुटदै रहँदा एनआरएन अमेरिकालाई जस्केलाबाट संचालन गर्न खोज्नेहरुको प्रभावमा परेर फिजिकल बैठकले गरेको निर्णयलाई परिवर्तन गरी वितण्डा मच्चाउने काम एनआरएन अमेरिकाको नेतृत्व तहबाट नै हुन गएको विषयले चाहिं म लगायतका साथीहरुलाई अत्यन्त दुःखी र आक्रोशित बनाएको छ । बिश्व सम्मेलनको लागि प्रतिनिधि छनोट समिति गठन गर्ने सम्वन्धमा फिजिकल बैठकले ७ सदस्यहरु भएको कमिटी निर्माण गरिसकेको विषयलाई नजरअन्दाज गर्दै बैठकले गरेको निर्णयमा युबा लगायतका क्षेत्रको प्रतिनितित्व नभएको भनी ब्यापक जनगुनासो आएको भन्ने बनावटी कुरा गर्दै मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निर्णयार्थ प्रस्तुत गर्ने काम गरियो ।’, थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘उक्त समितिमा को व्यक्ती परे वा परेनन भन्ने ठूलो कुरो हैन तर संस्थागत निर्णय भनेको छलफलमार्फत, विधि र प्रक्रियामार्फत हुनुपर्नेमा किन सदस्यहरु थप्ने ? थप्दा के मापदण्ड बनाएर थप्ने भन्ने समेतका विषयमा वोर्डका सदस्यहरुले आफ्नो मत राख्न नपाउने जुन परिपाटीको थालनी गर्न खोजिएको छ, त्यो निन्दनीय छ र यसको जनस्तरबाट समेत भण्डाफोर हुनुपर्छ ।’

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ

अमेरिकावासी दाजुभाइ दिदीबहिनीहरु,

हार्दिक अभिवादन !

सर्वप्रथम भर्खरै सम्पन्न एनआरएन एनसीसीको निर्वाचनमा विजय गराएर यहाँहरुले देखाउनु भएको विश्वासको निम्ति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । एनआरएनलाई प्रवासी नेपालीहरुको साझा र सम्मानित संस्था बनाउन आफ्नो ठाउँबाट सकेको कोशिस गर्ने प्रतिवद्धता म सदैव स्मरण गरिरहने छु ।

सबैको साझा र सम्मानित सँस्था बनाउने विषय भनेको कुनै अमुर्त विषय नभएर संस्थाले लिने निर्णय र गर्ने कामहरुमार्फत झल्काउनु पर्नेछ भन्ने पनि बुझेको छु । त्यसो भएको हुनाले एनआरएन अमेरिकाले लिने हरेक निर्णय प्रक्रियासम्मत हुनुपर्छ, पारदर्शी र सकारात्मकता उन्मुख हुनुपर्छ भन्नेमा मेरो खवरदारी सदैव रहनेछ ।

राम्रो काम गर्ने तर प्रक्रिया नपुर्याउने अथवा प्रक्रिया पुर्याउने तर राम्रो काम नगर्ने कुराले हाम्रा सपनाहरुलाई मुर्त रुप दिन सक्दैनन भन्ने सत्यलाई सदैव मनन गर्दै आएको छु । र, गर्दै जानेछु । त्यही प्रतिवद्धतालाई स्मरण गर्दै एनआरएन एनसिसीको भर्खरै सम्पन्न बैठकमा पनि संस्थालाई वलियो बनाउन पर्ने, विधि प्रक्रिया अनुसार संस्थाका निर्णय र कार्यक्रमहरु निर्देशित हुनुपर्ने कुरा म लगायत धेरै साथीहरुले राखेका थियौं । र, बिभिन्न विषयहरुमा छलफल गर्दै हामीले निर्णयहरु लिएका थियौं । संस्थागत बैठक र छलफलहरुमार्फत भएका निर्णय आफूलाई चित्त बुझेपनि नबुझेपनि मान्नु हाम्रो धर्म हो भन्ने सत्यको अनुशरण गर्दै निर्णयहरुको कार्यान्वयनमा जुटदै रहंदा एनआरएन अमेरिकालाई जस्केलाबाट संचालन गर्न खोज्नेहरुको प्रभावमा परेर फिजिकल बैठकले गरेको निर्णयलाई परिवर्तन गरी वितण्डा मच्चाउने काम एनआरएन अमेरिकाको नेतृत्व तहबाट नै हुन गएको विषयले चाहिं म लगायतका साथीहरुलाई अत्यन्त दुःखी र आक्रोशित बनाएको छ ।

बिश्व सम्मेलनको लागि प्रतिनिधि छनोट समिति गठन गर्ने सम्वन्धमा फिजिकल बैठकले ७ सदस्यहरु भएको कमिटी निर्माण गरिसकेको विषयलाई नजरअन्दाज गर्दै बैठकले गरेको निर्णयमा युबा लागायतका क्षेत्रको प्रतिनितित्व नभएको भनी ब्यापक जनगुनासो आएको भन्ने बनावटी कुरा गर्दै मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निर्णयार्थ प्रस्तुत गर्ने काम गरियो । उक्त समितिमा को व्यक्ती परे वा परेनन भन्ने ठूलो कुरो हैन तर संस्थागत निर्णय भनेको छलफलमार्फत, विधि र प्रक्रियामार्फत हुनुपर्नेमा किन सदस्यहरु थप्ने ? थप्दा के मापदण्ड बनाएर थप्ने भन्ने समेतका विषयमा वोर्डका सदस्यहरुले आफ्नो मत राख्न नपाउने जुन परिपाटीको थालनी गर्न खोजिएको छ, त्यो निन्दनीय छ र यसको जनस्तरबाट समेत भण्डाफोर हुनुपर्छ । फिजिकल बैठकले गरेको निर्णयलाई परिवर्तन गर्दै इमेलमार्फत सहमति जनाउन दबाब दिएर नयाँ निर्णय गर्ने जुन काम भएको छ, त्यसले स्थापित विधि र प्रक्रियाको हुर्मत लिने काम गरेको छ । विधि र प्रक्रियाको पक्षमा आवाज उठाउँदै यस्ता खालका कामहरु नहोस् भन्ने कुरामा खवरदारी गर्नु हुन समस्त सवैलाई अनुरोध गर्दछु ।

सञ्जय थापा
बोर्ड अफ डाइरेक्टर
एनआरएन एनसिसी, अमेरिका

मिति : १९ सेप्टेम्बर २०१७