११ मंसिर २०८३, शुक्रबार

माधव नेपालको गृहजिल्लामा झडप, स्थिति तनावग्रस्त

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ असोज । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटको वृन्दावन नगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ ।

मतगणना स्थलमा झडप भएपछि स्थिति तनावग्रस्त भएको हो । स्थिति असामान्य बनेपछि मतगणना पनि स्थगित भएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।

एमाले सांसद रामकुमार भट्टराई मतगणनास्थल गएको विषयलाई लिएर उत्पन्न विवादले चर्को रुप लिएको हो । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गर्दै भट्टराईको विरोध गरेका थिए । सामान्य भनाभन एक्कासी झडपमा परिणत भएको थियो । झडपमा एक जना गम्भीर घाइते भएका छन् ।