
बारा, ३ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत बारामा नेकपा माओवादी केन्द्रले मतपत्र च्यात्न खोजेको छ ।
मतगणना चलिरहेका बेला बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि स्थिती तनावग्रस्त बनेको छ । दुई घण्टाका लागि गणनासमेत रोकिएको छ । मतपत्र च्यातेको खबरसँगै अन्य दलका नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।
अहिले अन्य प्रतिनिधिले मतगणना पुनः सूचारु गर्न वार्ता गरिरहेका छन् ।
यसअघि चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल जिताउन माओवादीका प्रतिनिधिले मतगणनाको अन्तिममा मतपत्र च्यातिदिएका थिए ।











प्रतिक्रिया