
वीरगञ्ज, ३ असोज । पर्सामा नेकपा एमाले विजय यात्रा आरम्भ गरेको छ ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ सोनवर्षामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षका उम्मेदवार फरमान मियाँ अन्सारी ४ सय ७६ मत ल्याएर विजयी भएका हुन् । प्रत्यासी नेपाली कांग्रेसका सुलमान मियाँ दर्जीले ३ सय १५ मत ल्याए । महिला सदस्यमा एमालेकै लिलादेवी लामा, दलित महिला सदस्यमा पानवादेवि सदस्यहरुमा एमालेका असिम मियाँ चुरीहार र नारायण साह तेली विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा एमालेका हरिनारायण चौधरीले नै अग्रता लिइरहेका छन् । उनले ४ सय ९० र कांग्रेसका दिनेश चौधरीले ३ सय ५ ल्याएका छन् । नेपाली जनता दलले २ सय ४१, माओवादी केन्द्र २५, फोरम नेपाल ५० फोरम लोकतान्त्रिक ३६ र बहुजशक्ति पार्टीले ६ मत ल्याएको छ ।
उपाध्यक्षमा पनि एमालैकै अग्रता छ । उपाध्यक्षमा एमालेको ४ सय ८० र कांग्रेसको ३ सय ११ मत छ ।











प्रतिक्रिया