काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा रोक लगाउने प्रस्ताव अघि सारेका छन् ।
सांसद थापाले सोमबार उपत्यकामा १० वर्षभित्र पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधनमा रोक लगाई विद्युतीय सवारी साधनको मात्र प्रयोग गर्ने संकल्प प्रस्ताव संसदमा दर्ता गरेका हुन् । प्रस्तावलाई सांसदहरु रामेश्वर फुयाल, दीपक प्रसाद कुईकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गरेका छन् ।
काठमाडौं उपत्यकाको वायू प्रदुषणको प्रमुख पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन भएकाले त्यसमा रोक लगाउने र विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने गगनको प्रस्ताव छ ।
‘संसदले आगामी १० बर्षभित्र अर्थात् सन् २०२७ सम्म काठमाडौं उपत्यका र सन् २०३१ सम्म नेपालभर नै पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण सवारी साधनको विक्री तथा वितरणमा पूर्ण रुपमा रोक लगाई विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने गराउने घोषणा र संकल्प गर्नुपर्छ,’ प्रस्तावमा भनिएको छ ।
















प्रतिक्रिया