१ कार्तिक २०८३, आइतबार

‘नेपाली खेलाडीको स्तर राम्रो छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् ।

‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले राम्रो प्रशिक्षण र अझै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउने हो भने उनीहरु अझ राम्रो गर्न सक्छन् ।’– जापान सरकारको ‘स्पोर्ट्स फर टुमारो’ कार्यक्रमअन्तर्गत हाल नेपालमा रहेका ओगावाले नेपाल जुडो संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।

ओगावाको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई विशेष प्रशिक्षण दिन साताअघि नेपाल आएको थियो । उनीहरु मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले टोलीले नेपाली खेलाडीहरुलाई दिएको प्रशिक्षणबाट आफूहरु सन्तुष्ट भएको बताउदै २०२० को टोकियो ओलम्पिकलाई लक्षित गरी ‘स्पोर्ट्स फर टुमारो’ कार्यक्रमअन्तर्गत जापान सरकारले विभिन्न राष्ट्रमा विभिन्न खेलको प्रशिक्षणलगायत कार्यक्रम गर्न आफ्नो टोली पठाउदै आएको जानकारी गराए ।