२ कार्तिक २०८३, सोमबार

चुनावमा नसोचेको भएपछि रौतहटमा प्रशासकहरुले के गरे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २ असोज । रौतहटमा निकै चुनौतीपूर्ण मानिएको चुनाव प्रशासकहरुले सोचेको भन्दा फरक भएको छ ।

९० भन्दा बढी स्थानलाई अति संवेदनशील भन्दै चिन्ता जनाएको स्थानीय प्रशासनका प्रमुखहरु शान्तिपूर्ण रुपमा चुनाव सकिएपछि खुसी देखिएका छन् । चुनाव सकिनासाथ रौतहटका सुरक्षा प्रमुखहरु एकै ठाउँमा भेला भएर खुसी साटासाट समेत गरेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले फेसबुकमा जिल्लाका सुरक्षा प्रमुखहरुको फोटो सार्वजनिक गर्दै मतदाता, सबै सहकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् । रौतहटमा हरेकजसो चुनावमा झैझगडा, विवाद र अप्रिय घटना हुँदै आएको थियो । विवाद र अप्रिय घटनाकै कारण कतिपय चुनाव त दोहोराएर गर्नुपर्ने बाध्यता समेत विगतमा नभएको होइन् । तर, यसपटक भने छिटफुट बाहेक शान्तिपूर्ण रुपमा ७५ प्रतिशत भन्दा बढी मत खसेको छ । जबकी रौतहटमा सुरक्षा निकायले ९० भन्दा बढी स्थानलाई अति सम्वेदनशील केन्द्रका रुपमा चित्रित गरेको थियो ।

रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल सबैको सहयोगमा शान्तिपूर्ण रुपमा मतदान सकिएको भन्दै धन्यवाद दिएका छन् ।