११ मंसिर २०८३, शुक्रबार

प्रदेश नम्बर दुई: नक्कली मतदाता कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । प्रदेश नम्बर २ को स्थानीय निर्वाचनका क्रममा ४८ जना नक्कली मतदाता भेटिएका छन् ।

सोमबार भएको निर्वाचनका क्रममा उनीहरु पक्राउ परेका हुन् । तीमध्ये नक्कली मतदाता बनेर मत खसाल्न खोज्ने ३८ जना र कानुनविपरीत कामहरु गर्ने अन्य १० जनालाई प्रहरीले पक्राउ गरेको निर्वाचन आयोगले जनाएको छ ।

सोमबार सम्पन्न तेस्रो चरणको निर्वाचन शान्तिपूर्ण भएको आयोगले जनाएको छ ।