११ मंसिर २०८३, शुक्रबार

नारायणमान विजुक्छेलाई लाग्यो ठूलो धक्का १३९ नेता, कार्यकर्ताले पार्टी छाडे

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २ असोज । नेपाल मजदुर किसान पार्टी जुम्लालाई ठूलो धक्का लागेको छ । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्षसहित एकसय ३९ कार्यकर्ताले एकैसाथ पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार जिल्लामा पत्रकार सम्मेलनको आयोजना गरी नेक्राशिसंघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित कार्यकर्ताहरुले साधारण सदस्य नरनेगरी पार्टी परित्याग गरेको बताएका छन् ।

पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामो समयसम्म कामदार वर्गको हितमा संघर्ष गर्दै आएपनि पार्टी फैलिनुको साटो खुम्चीदै जानुमा नेतृत्वमा रहेका व्यक्तिहरूका कारण आफूहरू रहन नसक्ने वातावरण सिर्जना भएको धितालले बताए ।

उनले पटक पटक पार्टीले लिएको कार्यशैली बदल्न सुझाव दिएपनि कार्यान्वयनको दिशामा कुनै पहल नहुँदा आफुहरु बाध्य भएर पार्टी परित्याग गर्नुपरेको बताए ।