१० मंसिर २०८३, बिहिबार

राप्रपाका प्रभावशाली दुई पूर्वकेन्द्रीय सदस्य एमालेमा प्रवेश

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २ असोज । एमालेका उपाध्यक्ष तथा सात नम्वर प्रदेशका संयोजक भीमवहादुर रावलले विदेशी दवाव र हस्तक्षेप रोक्न एमाले अहिलेभन्दा धेरै बलियो हुनुपर्ने बताएका छन् ।

धनगढीमा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रममा वोल्दै उपाध्यक्ष रावलले एमाले पञ्चशील सिद्धान्तका आधारमा देश चल्नुपर्ने मान्यता राख्दै विदेशीका सामु कुनैपनि विषयमा शिर झुकाउन नचाहेको बताए ।

नेता रावलले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय स्थापना गर्न र संविधान कार्यान्वयन गर्न राप्रपाका नेताहरूको प्रवेशले एमालेलाई उर्जा दिने बताए ।

एमालेले नाकावन्दीका वेला त्यसअघि र पछिका दिनमा धेरै जनप्रिय र राष्ट्रहीतमा काम गरेको चर्चा गर्दै उनले ती कुरा जनतालाई वुझाउन सके आगामी चुनावमा एमालेलाई वहुमतमा दिलाउन सकिने बताए ।

प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिमण्डल विस्तारका सवालमा टिप्पणी गर्दै रावलले मन्त्रिमण्डलको संख्या वढाएर नेपालको नाम गिनिजवुकमा लेख्ने अवस्था आएको बताए ।

यसैबीच, राप्रपाका पूर्व केन्द्रीय सदस्य नन्दलाल चटौत, अर्का पूर्व केन्द्रीय सदस्य विष्णु सिंह लगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नेता रावलले टीका लगाएर एमालेमा स्वागत गरेका हुन् ।