
रौतहट, २ असोज । प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा नेकपा माओवादी केन्द्रले बुथ कब्जा गर्ने प्रयास गरेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटको मौलापुर नगरपालिका ३ स्थित गम्हरीया प्राविमा रहेको मतदान केन्द्रमा माओवादी कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा एमाले, कांग्रेस, समाजवादी फोरमलगायत दलले प्रतिकार गरेपछि झडप समेत भएको छ ।
झडपका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको छ । झडप रोक्न एक राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मतदान भइरहेको बेला अचानक माओवादी कार्यकर्ताले बुथ कब्जा गर्ने प्रयास गरेपछि झडप भएको बताइएको छ । झडपमा दुवै तर्फका ४ जना भन्दा बढी घाइते भएका छन् ।
सुरक्षाकर्मीले स्थिती नियन्त्रणमा लिएलगत्तै यहाँ मतदान सुरु भएको छ । अहिले शान्तिपूर्ण मतदान भइरहेका मोलापपुरका मतदान अघिकृत वीरेन्द्र कुमार केसीले जानकारी दिए ।















प्रतिक्रिया