काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश नम्बर दुईमा भइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेका छैनन् ।
उनी अहिले भक्तपुरस्थित् आफ्नै निवासमा आराम गरिरहेका छन् । अरु सबै नेता भोट हाल्न आइतबार रातिसम्म दुई नम्बर प्रदेश ८ जिल्ला पुगिसकेका बेला ठाकुर भने आइतबार साँझ मधेसबाट काठमाडौं फर्किए । यसबाट के बुझिन्छ भने उनले मतदान बहिष्कार गरे ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता रहेका ठाकुर तराईको गर्मी छल्न भोट नहालेरे काठमाडौं आइपुगेको बताइएको छ । यद्यपीसर्लाही नै गृहजिल्ला भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् ।











प्रतिक्रिया