१० मंसिर २०८३, बिहिबार

यी हुन् देउवाका नयाँ राज्यमन्त्री, मन्त्रीमण्डल अझै विस्तार हुने

16.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक मन्त्रिमण्डललाई विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले राप्रपा प्रजातान्त्रिकबाट विराज विष्टलाई विज्ञान प्रविधि र कमला शर्मालाई वन राज्यमन्त्री नियुक्त गरेका हुन् । दुबै राज्यमन्त्रीले सोमबार नै प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको सपथ लिए ।

देउवा मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् । यो नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो । प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्दैछन् । त्यही भएर सोमबार नै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

देउवा मन्त्रिपरिषद् अझै बिस्तार हुने बताइएको छ । राज्य मन्त्रीको सपथ लिनेमा माओवादी केन्द्रका केही सांसद पनि रहेको स्रोतको भनाइ छ ।