२ कार्तिक २०८३, सोमबार

बर्दियामा राजपा र माले सिंगो पार्टी नै एमालेमा विलय, वामदेवले यसरी भित्र्याए

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी

बर्दिया, १ असोज । राष्ट्रिय जनता पार्टीका बर्दिया अध्यक्ष र उपाध्यक्षसहित सयौँ कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् । यसैगरि नेकपा मालेको सिंगो पार्टी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपा एमालेले आइतबार सदरमुकाम गुलरियामा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा राजपा बर्दियाका अध्यक्ष धनेश यादव र उपाध्यक्ष पुनकला श्रीवास्तव लगायत सयौँ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

राजपा अध्यक्ष र उपाध्यक्षसहित सयौँ कार्यकर्ता राजपा पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको एमाले बर्दियाका पार्टी सचिब शालिकराम अधिकारीले बताए । पार्टी सचिब अधिकारीका अनुसार राजपाका करिव ५ सय बढी कार्यकर्ता एमाले पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस, फोरम र राप्रपाका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।

यसैगरि नेकपा माले नेतृत्वसहित सिंगो पार्टी नै नेकपा एमालेमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा नेकपा मालेका जिल्ला सचिब भिमप्रसाद चन्दले आफुले नेतृत्व गरेको नेकपा माले सिंगो पार्टी नै एमालेमा मिसिएको घोषणा गरे । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिब चन्दले नेकपा एमालेको निती, नियम र सिद्धान्त भित्र रहेर आगामी दिनहरुमा पार्टीको निर्देशन अनुरुप अघि बढ्ने प्रतिवद्धता जनाए । एमाले पार्टीमा प्रवेश गरेका चन्दले नेपालमा वामपन्थी पार्टीहरु एक जुट भए मात्र देशको विकाश हुने बताए ।

पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका राजपा जिल्ला अध्यक्ष, उपाध्यक्ष, नेकपा मालेका सचिब र विभिन्न पार्टीका कार्यकर्ताहरुलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले टिका र माला लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा उपाध्यक्ष गौतमले नेकपा एमालेको निती, नियम र विचार अवलम्बन गर्दै एमालेमा प्रवेश गरेकाहरुलाई बधाइ ज्ञापन गरे । पार्टी प्रवेशसँगै प्रदेश र केन्द्रिय निर्वाचनमा बर्दियामा नेकपा एमाले पहिलो पार्टी बन्ने उपाध्यक्ष गौतमले ठोकुवा गरे ।

नेकपा एमालेमा प्रवेश गरेका राजपाका जिल्ला अध्यक्ष धनेश यादवले पार्टीको विभेदकारी नितीका कारण आफुलगायत कार्यकर्ताले पार्टी परित्याग गरेको बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘प्रदेश नं ५ मा चुनाव बहिष्कार गर्ने पार्टीले अहिले २ नम्बर प्रदेश चुनावमा भाग लिएको छ । यो पार्टीको विभेदकारी निती हो । त्यसकारण राजपा पार्टीमा रहनुको कुनै औचित्य नदेखेर पार्टी परित्याग गरेको हु ।’