चितवन, १ असोज । चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले भ्रष्टाचारको आरोपमा इन्जिनियरमाथि कालोमोसो र जुत्ताको माला लगाइदिएका छन् ।
रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुंगाना विप्लवका कार्यकर्ताको निशानमा परेका हुन् । उनलाई आइतबार नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमै विप्लवका कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला समेत लगाइदिएका छन् ।
ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेकोलगायतका आरोप लगाइएको छ ।
चार जनाको संख्यामा आएका उनीहरुले मोविल खन्याएपछि भागेका थिए । घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।












प्रतिक्रिया